Kathmandu Press

थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, जेठ ४ : नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । रौतहट र बारामा थप ९ जनाम

थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४ पुग्यो
फाइल

काठमाडौं, जेठ ४ : नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । रौतहट र बारामा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रमितको संख्या ३०४ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । इशनाथ नगरपालिकामा ७ र माधवनारायण नगरपालिकामा १  जना तथा बाराको करैयामाईका एक जनामा कोरोना संक्रमित पुष्टि भएको हो । 

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । 

हालसम्म नेपालमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएरर घर फर्किएका छन् । 

प्रकाशित मिति: ०९:०० बजे, सोमबार, जेठ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्