Kathmandu Press

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, जेठ ४ : सरकारले लकडाउन थप १५ दिन लम्ब्याउने निर्णय गरेको छ। 

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, जेठ ४ : सरकारले लकडाउन थप १५ दिन लम्ब्याउने निर्णय गरेको छ। 

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। सरकारले पछिल्लो पटक गरेको लकडाउनको समयसीमा सोमबार मध्यरातिबाट सकिँदै थियो। 

यसअघि आइतबार दिउँसो बसेको उच्चस्तरीय समन्वय समितिको बेठकले लकडाउन १५ दिन बढाउन सरकारलाई सिफारिस गरेको थियो।

यस्तै, लकडाउनको नयाँ मोडालिटीबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको कुनै निर्णयमा भने नपुगिएको मन्त्री खतिवडाले बताए।
 

प्रकाशित मिति: २०:३४ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्