Kathmandu Press

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाई भोलि

काठमाडौं, वैशाख ३ : संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ। 

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाई भोलि

काठमाडौं, वैशाख ३ : संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ। 

समितिको मंगलबार बसेको बैठकले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई भोलि (बुधबार) गर्ने निर्णय गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार थपलियाविरुद्ध समितिमा ६ वटा उजुरी परेका छन्।

समावेशी आयोगको सदस्यमा  सिफारिस भएकी विष्णुमाया ओझाको सुनुवाई पनि बुधबारै हुनेछ। तर, सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरुको सुनुवाई भने बिहीबार हुनेछ। समितिका सभापति कर्णका अनुसार थपलिया र ओझाविरुद्ध परेका उजुरीको सुनुवाई बुधबार बिहान ११ बजेदेखि सुनुवाइ शुरु हुनेछ। त्यसका लागि सबै उजुरीकर्तालाई समितिको बैठकमा बोलाइएको छ।

बुधबार अपराह्न २ बजेसम्म उजुरीकर्ताको कुरा सुन्ने र २ बजेपछि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया र समावेशी आयोग सदस्यमा सिफारिस ओझाले उजुरीकर्ताले गरेका प्रश्नको जवाफ दिने छन्।  संवैधानिक परिषदको गत चैत ११ गते बसेको बैठकले रिक्त प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलियालाई सिफारिस गरेको थियो। 

यस्तै, सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रकाश ढुङ्गाना, सुष्मालता माथेमा,  हरि फुयाँल, कुमार रेग्मी र डा मनोजकुमार शर्मा सिफारिसमा परेका छन् भने उनीहरुमाथिको सुनुवाई बिहीबारबाट सुरु हुने सभापति कर्णले बताए।

उनीहरुलाई गत चैत १९ गते बसेको न्याय परिषदको बैठकले न्यायाधीशका लागि सिफारिस गरेको थियो। सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त छ। 
 

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, वैशाख ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्