Kathmandu Press

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, जेठ ४ : उच्चस्तरीय समन्वय समितिले लकडाउन १० दिन बढी लम्ब्याउन सिफारिस गरेको छ।&n

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस
फाइल

काठमाडौं, जेठ ४ : उच्चस्तरीय समन्वय समितिले लकडाउन १० दिन बढी लम्ब्याउन सिफारिस गरेको छ। 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले लकडाउन १० दिन बढी लम्ब्याउन सरकारलाई सिफारिस गरेको हो। 

लकडाउन थप गर्ने निर्णय आइतबार साँझ बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ। कोरोना नियन्त्रण्का लागि सरकारले गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदैछ।

कोरोनाको संक्रमणबाट दुई दिनमा दुई जनाको मृत्यु भएपछि लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा पनि समितिको बैठकमा छलफल भएको समितिका सदस्य समेत रहेका एक मन्त्रीले जानकारी दिए।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, जेठ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्