थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौं, जेठ ४ : नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार र

काठमाडौं, जेठ ४ : नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
रौतहटको राजपुर नगरपालिका वडा नम्वर- ९ निवासी १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, इशनाथ नगरपालिका वडा नम्वर ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुष कोरोनाबाट संक्रमति भएको छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमति हुनेको संख्या २ सय ९१ पुगेको छ।
शनिबारमात्रै एक जना महिलाको कोरोनाका कारण निधन भएको छ ।

प्रकाशित मिति: ०७:३२ बजे, आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











