Kathmandu Press

धनुषामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो 

काठमाडौं, जेठ ३ : नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शन

धनुषामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो 

काठमाडौं, जेठ ३ : नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेका छन्। 

शनिबार नै कोरोनाको संक्रमणबाट सिन्धुपाल्चोको बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ।

यसअघि शनिबार बिहान र दिउँसो कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटाका तीन जना, बर्दिया नार्खु– ११ निवासी २८ र २९ वर्षीय पुरुष, सिराह सखुवा– १९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगरा–४ निवासी १८ वर्षीय महिला र चितवन गढौली–१ निवासी २५ वर्षीय महिला, काभ्रेका २६ र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

योसँगै कोरोनाबाट संक्रमितको संख्या २८१ पुगेको छ। संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने ३६ जना भने निको भएर घर फर्केका छन्।

प्रकाशित मिति: २१:१७ बजे, शनिबार, जेठ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्