Kathmandu Press

कोरोनाबाट नेपालमा पहिलो मृत्यु, सरकारले गर्‍यो पुष्टि

काठमाडौं, जेठ ३ :  अन्ततः स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट कोरोना परीक

कोरोनाबाट नेपालमा पहिलो मृत्यु, सरकारले गर्‍यो पुष्टि

काठमाडौं, जेठ ३ :  अन्ततः स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकी महिलाको निधन कोरोनाबाट भएको पुष्टि गरेको छ। सरकारले नेपालमा कोरोनाबाट भएको पहिलो मृत्युको रिपोर्ट सार्वजनिक गर्न आनाकानी गरेको थियो। 

सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको शुक्रबार साँझ कोरोनाबाट मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा तीन पटकसम्म कोरोना रिर्पोट पोजेटिभ आएको थियो।  मन्त्रालयका सहप्रवक्ता डा। समिरमणी अधिकारीले महिलाको निधन कोरोनाबाट भएको पुष्टि गरेका छन्।

कोरोना संक्रमण देखिएकी महिलाको धुलिखेल अस्पतालमा निधन

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकाे रिपोर्ट स्वास्थ्य मन्त्रालयले किन लुकायो ?

धुलिखेलमा मृत्यु भएकी कोरोना संक्रमित महिलाको रिपोर्ट गुपचुप राखेर अन्त्येष्टिको तयारी

तर, स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालको रिपोर्टमा विश्वास नगरी मृतक महिलाको स्वाब राष्ट्रिय प्रयोगशाला टेकुमा मगाएको थियो। टेकु प्रयोगशालले रिपोर्ट पोजेटिभ आएपछि साँझ सात बजे मन्त्रालयललाई पठाएको थियो। पोजेटिभ रिपोर्ट आएकी महिलाको निधन भएको २४ घण्टासम्म पनि सरकारले आधिकारिकरुपमा पुष्टि गर्न आनकानी गरेको थियो।  

नेपालमा हालसम्म देखिएका सबै संक्रमितको अवस्था समान्य छ। उनीहरुमा गम्भीर लक्षण समेत देखिएको छैन। तर, धुलिखेलको केसले भने त्रास बढाएको छ।

हेर्नुस् मन्त्रालयको विज्ञप्ति :

प्रकाशित मिति: २१:०७ बजे, शनिबार, जेठ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्