Kathmandu Press

धुलिखेलमा मृत्यु भएकी कोरोना संक्रमित महिलाको रिपोर्ट गुपचुप राखेर अन्त्येष्टिको तयारी

काठमाडौं, जेठ ३ : सरकारले राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टलाई गुपचुप राखेर धुलिखेल अस्पतालमा

धुलिखेलमा मृत्यु भएकी कोरोना संक्रमित महिलाको रिपोर्ट गुपचुप राखेर अन्त्येष्टिको तयारी

काठमाडौं, जेठ ३ : सरकारले राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टलाई गुपचुप राखेर धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएकी महिलाको शव अन्त्येष्टि गर्ने तयारी गरेको छ।

कोरोनाको संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसार सेना र प्रहरीले धुलिखेल अस्पतालबाट महिलाको शव पशुपति आर्यघाटतर्फ ल्याइरहेका छन्। ‘शवलाई हामीले सेना र प्रहरीको सुरक्षामा आर्यघाट पठाएका छौँ,’ काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले काठमाडौं प्रेससँग भने, ‘मृतकको अन्त्येष्टि आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिने छ।’

मृतक महिलाको धुलिखेल अस्पतालमा गरिएको कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट तीन पटकसम्म पोजेटिभ आएको थियो। स्वास्थ्य मन्त्रालयले उक्त रिपोर्टमा विश्वास नगरी स्वाब टेकु मगाएर शनिबार पुनः परीक्षण गरेको थियो। टुकुमा पनि रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्य मन्त्रालयले अझै सार्वजनिक गरेको छैन। 

कोरोना संक्रमण देखिएकी महिलाको धुलिखेल अस्पतालमा निधन

राष्ट्रिय प्रयोगशाला स्रोतका अनुसार मृतक महिलाको पोजेटिभ रिपोर्ट आइसकेको छ। तर, यसबारे बोल्ने अधिकार नभएको प्रयोगशालाका एक चिकित्कसले बताए। प्रयोगशालले ती महिलाको कोरोना रिपोर्ट साँझ सात बजे मन्त्रालय पठाइसकेको छ। रिपोर्ट हेरेपछि स्वास्थ्य मन्त्रालयले कोरोनाबाट निधन भएका व्यक्तिको अन्तिम संस्कार गर्न बनाइएको कार्यविधि अनुसार अन्त्येष्टि गर्न अनुमति दिएको हो।

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकाे रिपोर्ट स्वास्थ्य मन्त्रालयले किन लुकायो ?

सिन्धुपाल्चोकको बाह्रविसेकी २९वर्षीया महिलाको शुक्रबार साँझ धुलिखेल अस्पतालमा निधन भएको थियो।

कसरी गरिन्छ कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कार ?

कोरोनाबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्ने कार्यविधि फरक छ । कोरोनाबाट दाहसंस्कार गर्नेबारेमा सरकारले छुट्टै कार्यविधि बनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २५ गते जारी गरेको कार्यविधि अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि अन्य कारणले मृत्यु भएका मानिसको भन्दा भिन्नै तरिका अपनाउनु पर्छ। कोरोना संक्रामक रोग भएकाले यसको अन्त्येष्टिका लागि फरक विधि तय गरिएको हो। 

कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शवबाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ। 

यस्तै, मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रूपमा पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्ने कार्यविधिमा उल्लेख छ।

शवलाई सकेसम्म चाँडो घाटमा पर्‍याउनुपर्ने, ६० वर्ष कटेका र दीर्घ रोगीलाई कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको नजिकै जान नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा त्यस्ता मृतकको पोस्टमार्टम सामान्यतया गर्न नपर्ने र गर्नुपर्ने भए पनि सावधानी अपनाएर मात्रै गर्नु पर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधि अनुसार मृतकका परिवार र आफन्तले एक मिटर टाढाबाट मात्र शव हेर्न पाउने छन्। 

प्रकाशित मिति: २०:४० बजे, शनिबार, जेठ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्