आदर्श मिश्राको प्रश्न- मिर्गौलाको डायलासिस गर्न प्रधानमन्त्री नै हुनुपर्ने हो ?
काठमाडौं, जेठ ३ : ‘के मिर्गौलाको डायलासिस गर्न प्रधानमन्त्री नै हुनुपर्ने हो ?’ यो प्रश्

काठमाडौं, जेठ ३ : ‘के मिर्गौलाको डायलासिस गर्न प्रधानमन्त्री नै हुनुपर्ने हो ?’ यो प्रश्न वीरगञ्जका आदर्श मिश्राको हो।
मिर्गौलाका पीडित आफ्नो बुवाको वीरगञ्जको नेश्नल मेडिकल कलेजबाट डायलासिस गराएर फर्किएरहेका आदर्श र उनका बुबालाई शुक्रबार प्रहरीले अवरोध गरेपछि यस्तो प्रश्न गरेका हुन्।
आदर्श नेपालको पहिलो हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ उदाएका कलाकार हुन्। मिर्गौलाको डायलासिस गराएर फर्कँदै गर्दा ‘प्रहरीले डायलासिस हामी बुझ्दैनौं’ भन्दै अवरोध गरेपछि आदर्शले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःखेसो पोखेका छन्।
‘मिर्गौला रोगीले उचार गराउन के प्रधानमन्त्री नै हुनुपर्ने हो? या दुई तिहाइको सरकार नै बनाउनु पर्ने हो?,’ आदर्शले प्रश्न गरेका छन्, ‘चार घण्टामै परिवर्तन हुने यो कस्तो नियम हो?’ प्रहरीको व्यहारले बाबा पनि दुःखी भएको उनले बताएका छन्।
Kaslai vanirachu thachaina, tara vanirachu ! pic.twitter.com/1ZBXJQ1376
— Aadarsh Mishra (@typicalNepali18) May 15, 2020
‘म एउटा मिर्गौला रोगी सामान्य मान्छे, पेशाले शिक्षक हुँ। हप्तामा दुई पटक डायलासिस गराउन नेश्नल मेडिकल कलेज पुग्नुपर्छ। आज डायलासिस गराएर फर्कँदै गर्दा ट्राइपोर्ट नजिकैको चेकपोस्टमा तपाईं (प्रधानमन्त्री) को प्रहरीले अस्पतालको कार्ड देखाउँदा भन्छ– डाइलासिस साइलासिस म बुझ्दिनँ, जताबाट आउनु भएको त्यतै फर्किनू। कार्डसार्ड म बुझ्दिनँ, एम्बुलेन्समा आउनुस् एम्बुलेन्समा जानुस्,’ डायलासिस गरेर फर्किएपछि आदर्शका बाबुले डायरीमा यस्तो लेखेका छन्।
एउटा सामान्य नागरिकले एम्बुलेन्समा गएर डायसालिस गारउन नसक्ने आदर्शले बताएका छन्। ‘हप्तामा दुई पटक डायलासिस मासिक २४ हजार एम्बुलेन्समा मात्रै खर्च हुन्छ, एउटा मध्यम वर्गीय शिक्षक एम्बुलेन्सका लागि मात्रै २४ खर्च गर्न सक्दैन,’ आदर्शले भनेका छन्, ‘यस्तो अवस्थामा प्रहरीहरु कुरा पनि सुन्दैनन्, किन पीडा दिइरहेको छ। हाम्रा लागि खटेको हो भन्दा भन्दै कति पेल्ने हामीलाई। हामी घरमै कुरेर बस्ने, हामीले उचार गर्न पनि नपाउने, यो कस्तो नियम हो?’
प्रहरीले दादागिरी देखाएको भन्दै आदर्श आक्रोशित पनि बनेका छन्। ‘अहिलेको अवस्थामा सबै घरमै बस्नुस्, एउटा पारा सिटोमल किन एम्बुलेन्स लिएर जानुस् अनि हुन्छ देश विकास,’ भन्दै आदर्शले व्यंग्य गरेका छन्।
यो त अति नै भएन ?@Pm_nepal तपाईले डायलसिस गर्दा अस्पताल खाली हुने !
एउटा सामान्य जनताको डालसिस तपाईका @NepalPoliceHQ ले रोक्ने?
दुईपटक मिर्गौला प्रत्यारोपण गर्नुभयो तर आम नागरिकले डायलसिस पनि गर्न नपाउने ?
@TypiclaNepali18 को बुबाको पीडा बुझिदिनुस है।प्रकाशित मिति: १३:३७ बजे, शनिबार, जेठ ३, २०७७











