बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी थप ६ जनामा कोरोना पुष्टि
काठमाडौं, जेठ ३ : नेपालमा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रि

काठमाडौं, जेठ ३ : नेपालमा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका ६ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ।
नयाँ कोरोना संक्रमित भएकामा बर्दिया नार्खु- ११ निवासी २८ र २९ वर्षीय पुरुष, सिराह सखुवा- १९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगंज- १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगरा- ४ निवासी १८ वर्षीय महिला र चितवन गढौली- १ निवासी २५ वर्षीय महिला छन्। योसँगै कोरोनाबाट संक्रमतिको संख्या २ सय ७३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित मिति: १०:३७ बजे, शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











