लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा सार्वजनिक गर्ने सरकारकाे घोषणा
काठमाडौं, जेठ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर

काठमाडौं, जेठ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेकी छन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनलेले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त क्षेत्रको भूमि प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने बताएकी हुन्।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने भन्दै उनले छुटेको भूमिसमेत समावेश गरी नेपालको नयाँ नक्सा जारी गर्ने बताइन्।
साथै, सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्नेसमेत उनले बताइन्।
प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











