मेलम्ची खानेपानीमा फेरि उधारो बाचा, एक वर्षमा सम्पन्न गर्ने अघिल्लो वर्षकै अनुच्छेद कपी पेष्ट
काठमाडौं, जेठ २ : सरकारले मेलम्ची खानेपानी आयोजनामा उधारो बाचा गरेको छ। पटक–पटक मेलम्चीको पानी

काठमाडौं, जेठ २ : सरकारले मेलम्ची खानेपानी आयोजनामा उधारो बाचा गरेको छ। पटक–पटक मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरिँदै आएको छ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत एक वर्षभित्र मेलम्चीको काम सक्ने घोषणा सरकारले गरेको थियो। तर, चालू आर्थिक वर्षमा सरकारको घोषणा पुरा हुन सकेन।
तत्कालिन ठेकेदार कम्पनी सिएमसीले आयोजनाको काम छोडेपछि ११ महिनादेखि काम रोकिएको थियो। सिएमसीसँग ठेक्का तोडेर चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनाको ठेक्का लिएको छ।
आयोजनाले सिनो हाइड्रोसँग असार मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं खसालेबोनस दिने गरी सम्झौता गरेको थियो। तर, कोरोना संक्रमणका कारण आयोजनाको काम अघि बढ्न सकेको छैन। असार मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने घोषणासमेत एकपटक फेल खाएको छ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै गरेको घोषणा मेलम्चीको हकमा दोहोर्याएको छ। र आगामी आर्थिक वर्ष भित्र आयोजनाका सम्पूर्ण काम सकिने दाबी गरेको छ। २० वर्ष अघि निर्माण सुरु भएको आयोजनाको पानी उपभोग गर्न पाउने काठमाडौंवासीको आशामा पुनः एक पटक धक्का लागेको छ।











