Kathmandu Press

उपभोक्ताको जीवनसँग खेलबाड गर्ने हत्यारासरह हुन्ः मुख्यमन्त्री राउत

जनकपुरधाम,  वैशाख ३ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने ब....

उपभोक्ताको जीवनसँग खेलबाड गर्ने हत्यारासरह हुन्ः मुख्यमन्त्री राउत

जनकपुरधाम,  वैशाख ३ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताएका छन्। 

राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार गरेको उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन (शवलाई गन्हाउन नदिने( औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा भएको बताएका हुन्।

विगतमा काठमाडौँ उपत्यकामा बिक्री हुने गरेका सडेका मिठाईलाई गुँदपाक बनाई बिक्री गर्ने व्यवसायीले मानवको जीवनसँग खेलबाड गर्दा पनि दण्डित नहुनु  विडम्बना भएको उनले बताए। मुख्यमन्त्री राउतले उपभोक्तालाई रोगी बनाउने वस्तु बिक्री गर्नेलाई अपराधीसरह कानूनी कारवाही गर्न आवश्यक भएको बताए।  मुख्यमन्त्री राउतले खुला रूपले बिक्री गर्ने मिठाई, मासु, झिल्ली, कचरीलगायतका व्यवसायीमाथि कारवाही प्रक्रियालाई प्रभावकारी बनाउनु पर्ने खाँचो रहेको बताए।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बजार अनुगमन गर्ने संरचनामा समन्वय, सहकार्य र एकरूपता कायम हनुपर्ने बताउँदै उपभोक्ता शिक्षामा आम उपभोक्ताको पहुँच अहिलेसम्म हुन नसकेको बताए।

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले उपभोक्ताको संरक्षण मानवअधिकार वा कानूनी  विषयबारे विश्वव्यापी बहस बनेको बताउँदै उपभोक्ता संरक्षण ऐनले सबैको दायित्वलाई व्यवस्थित गरेको बताए।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आगामी दिनमा उपभोक्ताको हितलाई ध्यानमा राखी धनुषा जिल्लामा खुला रूपमा दुग्ध बिक्री वितरणमा रोक लगाइने जानकारी दिए। 

    

प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, वैशाख ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्