Kathmandu Press

उद्योगी भन्छन्, ‘लकडाउनमा उद्योग चलाउन मुस्किल छ’

काठमाडौं, वैशाख २९ :  लामो समयसम्मको लकडाउनका कारण उद्योगधन्दा बन्द रहँदा समस्या हुने भएपछि सरक

उद्योगी भन्छन्, ‘लकडाउनमा उद्योग चलाउन मुस्किल छ’

काठमाडौं, वैशाख २९ :  लामो समयसम्मको लकडाउनका कारण उद्योगधन्दा बन्द रहँदा समस्या हुने भएपछि सरकारले सञ्चालन गर्न अनुमति दिएको छ। तर, उद्योगी व्यवसायी भने तत्काल सञ्चालन गर्न थुपै समस्या रहेको बताउँछन्।

सरकारले वैशाख २६ गतदेखि लकडाउन केही खुकुलो गर्दै उद्योग सञ्चालन गर्न अनुमति दिएको छ । करिब ५० प्रतिशत उद्योगहरु बन्द हुने अवस्था देखिएपछि सरकारले सुरक्षित रुपमा काम गर्न अनुमति दिएको हो। यसलाई उद्योगीहरुले पनि सकारात्मक रुपमा लिएका छन्।

नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उद्योगीहरुको माग अनुसार नै सरकारले लकडाउनलाई खुकुलो बनाएको बताउँछन्। लामो समय लकडाउन हुँदा उद्योगहरु बन्द हुनसक्ने समस्यालाई ध्यानमा राखेर खोलिएको उनको भनाइ छ।

Hardik ivf

तर, तत्काल उद्योग सञ्चालनमा ल्याउन समस्या रहेको उनी बताउँछन्। ‘उद्योगमा काम गर्ने व्यक्तिहरु आ–आफ्नो घर पुगेका छन्। विभिन्न ठाउँमा छरिएर बसेका कामदारलाई ल्याउन सक्ने अवस्था छैन,’ मल्ल भन्छन्, ‘स्थानीय कामदारहरुलाई प्रयोगमा ल्याउँदा पूर्ण काम नहुन सक्छ।’

उनले भक्तपुरमा भएको इटाउद्योग सञ्चालन गरेको बताए। कामदारहरुलाई सुरक्षित हुने गरि स्यानिटाइजर, पञ्जा र मास्स वितारण गरिएको उनलले बताए। तथापि, उद्योगहरु खोले पनि व्यवस्थापन गर्नको लागि  समय लाग्ने उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं उद्योगी निरक केसी तत्काल उद्योग सञ्चालन गर्न अवस्था नरहेको बताउँछन्। ‘उद्योगमा उत्पादन गरेर मात्र हुन्न। वितरण पनि गर्नुपर्यो,’ केसी भन्छन्, ‘उत्पादन गरेको सामान लामो समयसम्म राख्न मिल्ने उद्योगहरु सञ्चालनमा ल्याउन सकिएला, तर अन्य उद्योगको वितरणमा समस्या हुन्छ।’

वितरणको लागि बजार खुल्ला नभएसम्म उद्योगहरु खुल्नुको औचित्य नहुने उनी बताउँछन्। ‘अहिले लकडाउनको अवस्थामा उत्पादन गरिएको बस्तु वितरण गर्न सकिदैन्,’ उनी भन्छन्।

अन्य उद्योगहरु सहज भएपनि कृषि क्षेत्रका उद्योगलाई भने बजार नखुलेसम्म समस्या समाधान नहुने उनको भनाइ छ। ‘म होटल तथा कृषि क्षेत्रमा आवद्ध छु। होटेलहरु तत्काल सञ्चालन गर्न सक्ने अवस्था छैन्। कृषि क्षेत्रमा पनि सहजता भएको छैन,’ केसी भन्छन्।

त्यस्तै, कामदारको पनि समस्या भएको उनी बताउँछन्। स्थानीय व्यक्ति काम गर्न इच्छुक भएपनि दक्ष नभएको उनको भनाइ छ। ‘कामदारहरुलाई व्यवस्थापनको लागि समय लाग्छ। स्थानीय तहमै दक्ष व्यतिm हुँदैनन्। दक्ष व्यक्तिहरुलाई अन्य स्थानबाट ल्याउन पहल भइरहेको छ,’ उनी भन्छन्।

कामदारहरु काम गर्न तयार भएपनि घर फर्किसकेकाले अब ल्याउन समय लाग्ने उनको भनाइ छ।

केन्द्रका मात्रै होइन, जिल्लातिरका व्यवसायीको पनि त्यस्तै भनाइ छ। नेपाल  उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह उद्योग सञ्चालनमा ल्याउन समय लाग्ने बताउँछन्। सरकारले गरेको निर्णय स्वागत योग्य भएपनि समय लाग्ने उनको भनाइ छ।

लकडाउनमा कामदार घर गएकाले फर्किन समय लाग्ने बताए। त्यस्तै, सुरक्षित रुपमा काम गराउनु पनि चुनौति भएको उनी बताउँछन्। ‘तैपनि उद्योग सञ्चालन गर्न प्रयास गरिरहेका छौं, अब बजार पनि खुल्नुपर्छ,’ साह भन्छन्, ‘उत्पादन गरेको सामान बजारमा जाने वातावरण पनि त हुनुपर्‍यो।’

थुप्रै समस्या भएपनि अब उद्योगधन्दा सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ। लकडाउन मात्रै समाधान भएको उनीहरु बताउँछन्। लकडाउन केही खुकुलो गरेर उद्योगधन्दा सञ्चालन गर्ने वातावरण बन्नु पर्ने उद्योगी व्यवसायी बताउँछन्।

प्रकाशित मिति: १०:२२ बजे, सोमबार, वैशाख २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्