लकडाउनकै बीच प्रतिनिधिसभाको छैठौं अधिवेशन सुरु (लाइभ)
काठमाडौं, वैशाख २६ : लकडाउनकै बीच प्रतिनिधिसभाको छैठौं अधिवेशन सुरु भएको छ।
संसद भवन

काठमाडौं, वैशाख २६ : लकडाउनकै बीच प्रतिनिधिसभाको छैठौं अधिवेशन सुरु भएको छ।
संसद भवन नयाँ बानेश्वरमा जारी बजेट अधिवेशनलाई दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले लकडाउनका कारण भारतीय सीमा र विदेशमा अलपत्र नेपालीहरुलाई घर फिर्ता ल्याउन नसक्नु दुखद भएको बताए। उनले विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याउन सरकार गम्भीर हुनु पर्ने बताए।
कोरोनाको महामारी कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि संसद सचिवालयले विशेष सावधानी अपनाएर संसद बैठक सुरु गरेको हो। जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित भएकाले लकडाउन भइरहेका बेला बजेट अधिवेशन बोलाइएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढे लगत्तै अभिवेशन सुरु भएको हो।
लाइभ हेर्नुहोस् :











