कपिलवस्तुमा दुई जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो
काठमाडौं, वैशाख २५ : कपिलवस्तुमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
<
काठमाडौं, वैशाख २५ : कपिलवस्तुमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु–८ का १६ र २२ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले बताए। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १०१ पुगेको छ।
यसअघि बुधबार पर्साको वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: २१:१२ बजे, बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











