Kathmandu Press

सांसद प्रवेश गर्दा कोरोना रिपोर्ट अनिवार्य, एयरफोन, पेनड्राइभ र धातुजन्य सामग्री निषेध  

काठमाडौं, वैशाख २५ : संसद भवन प्रवेशका लागि सांसदहरुले अनिवार्य रुपमा कोरोनाको रिपोर्ट देख

सांसद प्रवेश गर्दा कोरोना रिपोर्ट अनिवार्य, एयरफोन, पेनड्राइभ र धातुजन्य सामग्री निषेध  

काठमाडौं, वैशाख २५ : संसद भवन प्रवेशका लागि सांसदहरुले अनिवार्य रुपमा कोरोनाको रिपोर्ट देखाउनु पर्ने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुले कोरोनाको ‘नेगेटिभ रिपोर्ट’ अनिवार्य रूपमा देखाउनुपर्ने निर्णय गरेको हो। 

संघीय संसदका सांसदहरुको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन भइरहेको छ। शुक्रबारदेखि सुरु हुने वर्षे अघिवेशनको अघिल्लो दिन नयाँ बानेश्वरस्थित संसद भवनमा स्वाब संकलन भइरहेको हो।

सांसदहरु राहत वितरण लगायतका काममा जनतासँग घुलमिल भएकाले बैठक बस्नुअघि कोरोना परीक्षण गर्न स्वाब संकलन भइरहेको छ। संसद बैठक अपरान्ह ४ बजे बस्ने कार्यसूची छ। सांसदहरुको कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाबको रिपोर्ट बैठक सुरु हुनुअघि नै आउने संसद सचिवालयका चिकित्सक पुष्पराज रिजालले बताए।

‘संसद बैठक हुनुअघि नै सबै माननीयहरुको कोरोनाको पीसीआर रिपोर्ट आइसक्छ,’ डा. रिजालले काठमाडौं प्रेससँग भने। 

शुक्रबार हुने अधिवेशनका लागि अनिवार्य रुपमा सबै सांसदहरुले स्वाब परीक्षण गराउनु पर्ने संसद सचिवालयले जनाएको छ। तर, स्वाब संकलनका लागि आवश्यकता अनुसारको पर्याप्त किट नभएको रिजालको भनाइ छ।

‘किटहरुको अभाव छ, तर अभावको बावजुत पनि माननीयज्यूहरुको स्वाब संकलन भइरहेको छ। उहाँहरु जनताको माझमा घुलमिल हुनुपर्ने भएकाले जोखिमलाई ध्यानमा राखेर परीक्षण गर्न लागिएको हो,’ उनले भने, ‘बेलुकासम्म सबैको स्वाब संकलन भइसक्छ।’ 

संकलन गरिएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा लगेर कोभिड–१९ को परीक्षण गरिने छ। टेकुमा कार्यरत करिब १७ जनाको स्वास्थ्यकर्मीहरुको टोलीले स्वाब संकलन गरिरहेका छन्। स्वाब संकलनका लागि सबै सांसदहरुलाई नयाँ बानेश्वरस्थित संसद भवनमा उपस्थित हुन भनिएको छ। 

एयरफोन, पेनड्राइभ र धातुजन्य सामग्री निषेध  

संसद सचिवालयले संसद भवनमा प्रवेश गर्दा निषेधित सामग्रीको सूचीसमेत सार्वजनिक गरेको छ। सांसदहरु र दर्शक दीर्घामा जानेहरुका लागि छुट्टाछुट्टै सूची सार्वजनिक गरिएको छ। विशिष्ट व्यक्तिहरु, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, पत्रकार  र दर्शक दीर्घामा जानेहरुले एयरफोन, झोला, पेनड्राइभ लगायतका सामान निषेध गरिएको छ। 

यस्ता छन् निषेध गरिएका सामग्री

विशिष्ट व्यक्ति, संवैधानिक अंगका प्रमुख,  कूटनीतिक नियोगका प्रमुख र पत्रकारका लागिः

छाता, लठ्ठी, झोला, व्रिफकेस, पावर बैंक, इयरफोन, पेनड्राइभ, चार्जर, चाँबी, डायरी, कलम, हातहतियार, सूर्तीजन्य पदार्थ, चकलेट, चुइँगम, पानीको बोतल, चश्मा, औषधि, धातुजन्य पदार्थ एवं सिक्का पैसा आदि साथमा लैजान निषेध गरिएको छ।  

दर्शक दीर्घा, प्रतिनिधिमा

छाता, लठ्ठी, झोला, व्रिफकेस, पावर बैंक, इयरफोन, पेनड्राइभ, चार्जर, चाँबी, डायरी कलम, हातहतियार, सूर्तीजन्य पदार्थ, चकलेट, चुइँगम, पानीको बोतल, चश्मा औषधि, धातुजन्य पदार्थ एवं सिक्का पैसा आदि साथमा लैजान निषेध गरिएको छ।

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, वैशाख २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्