Kathmandu Press

नेपालमा दुई महिने शिशुमा पनि कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, वैशाख २४ : नेपालमा दुई महिने शिशुमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

नेपालमा दुई महिने शिशुमा पनि कोरोनाको संक्रमण पुष्टि
सांकेतिक

काठमाडौं, वैशाख २४ : नेपालमा दुई महिने शिशुमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा पर्सा वीरगञ्जका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयमा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दुई महिने शिशुमा पनि कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए। 

पर्साको वीरगञ्ज महानगरपालिकाका ती दुई महिने शिशुसहित थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिए।  उनका अनुसार संक्रमित दुई महिने शिशुदेखि ६६ वर्ष उमेरका सात महिला र १० पुरुष रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। संक्रमित ९९ मध्ये ७१ जना पुरुष र २८ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, वैशाख २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्