Kathmandu Press

विप्लवसँग तत्काल वार्ता गर्नुपर्छः देउवा

महेन्द्रनगर, वैशाख ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि सरकारले वार्ताका माध्यम....

विप्लवसँग तत्काल वार्ता गर्नुपर्छः देउवा

महेन्द्रनगर, वैशाख ३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताएका छन्।

मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘विप्लवलाई वार्ताका माध्यममबाट सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ।’

उनले दुई तिहाइका बलमा जे पनि गर्न नपाइने बताए । सरकारले मनपरी गरिरहेको उनको आरोप थियो । ‘दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल विप्लवसँग वार्ता गरेर सरकार अगाडि बढ्नुपर्छ,’ देउवाले भने।

विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रतालगायतमा सरकारले मनोमानी व्यवहार गरी नियन्त्रणमा राख्न खोजेको उनको भनाइ थियो।

एक वर्षे कार्यकालमा एउटा पनि देखाउन लायक काम हुन नसकेको देउवाले बताए । मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेकोमा देउवाले चिन्ता जनाए।

 

प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, वैशाख ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्