जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौं, वैशाख २४ : बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्व्याउने निर्णय ग

काठमाडौं, वैशाख २४ : बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्व्याउने निर्णय गरेको छ।
मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठकले वैशाख २५ गतेपछि पनि लकडाउन जारी राख्न सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार मन्त्रिपरिषद बैठकले लकडाउन लम्व्याउने निर्णय गरेको हो।
बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो।
प्रकाशित मिति: १३:३४ बजे, बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











