Kathmandu Press

लकडाउन फेरि थप्न सिफारिस

काठमाडौं, वैशाख २३ः कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको मंगलबार बसेको बैठकले&nbs

लकडाउन फेरि थप्न सिफारिस
फाइल फोटो

काठमाडौं, वैशाख २३ः कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको मंगलबार बसेको बैठकले वैशाख २५ गतेपछि पनि लकडाउन जारी राख्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन जारी राख्ने सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पर्ने सुझाव पनि दिएको छ। संक्रमणको जोखिम अझै नसकि सकेकाले लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए। लकडाउन कति समयका लागि थप्ने भन्ने अन्तिम टुंगो भोलि बस्ने मन्त्रिपरिषदको बैठकले लगाउने छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थित थिए।

प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, वैशाख २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्