Kathmandu Press

पूर्वआइजीपी र दुई सांसदविरूद्ध अपहरणको ठहर भए १७ वर्ष जेल सजाय!

काठमाडौं, वैशाख २२ : ‘अपहरण शैली’मा जनकपुरबाट समाजवादी पार्टीका सांसद् डा। सुरेन्द्र याद

पूर्वआइजीपी र दुई सांसदविरूद्ध अपहरणको ठहर भए १७ वर्ष जेल सजाय!

काठमाडौं, वैशाख २२ : ‘अपहरण शैली’मा जनकपुरबाट समाजवादी पार्टीका सांसद् डा। सुरेन्द्र यादवलाई ल्याउन भूमिका खेलेका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध १७ वर्षसम्म जेल सजाय हुने देखिएको छ।

अपहरणमा भएका भनिएका यादवको उजुरी काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा खनालसहित सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नवीन बस्नेतविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ। उक्त घटनामा चार जना सहभागी भएकाले संगठित अपराधको कसुर हुने देखिएको छ। यादवको अपहरण प्रकरणमा खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठ र नवीन बस्नेतलाई प्रतिवादी बनाइएको जनता समाजवादीका नेता केशव झाले जानकारी दिए।

Hardik ivf

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पार्टी फुटाउने प्रयोजनका लागि यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको दाबी समाजवादी पार्टीले गरेको छ। चार वा सोभन्दा बढी मानिसको संग्लनता भएको देखिएमा संगठित अपराध हुने अधिवक्ता सतिशराज मैनाली बताउँछन्।

संगठित अपराध गरेमा कानूनी व्यवस्था अनुसार १७ वर्षसम्म जेल सजाय हुन्छ। मुलुकी अपराध संहिता २०७४ मा व्यक्तिको अपहरण गरे १० देखि १५ वर्ष सजाय हुने व्यवस्था छ। तर, संगठितरुपमा अपहरण गरे वा शरीर बन्धक बनाए थप दुई वर्ष गरी १७ वर्ष सजाय हुने व्यवस्था छ। ऐनको दफा २१४ ९३० मा ‘कसूर सङ्गठित रुपमा गरे गराएको रहेछ भने त्यस्तो गराउने व्यक्तिलाई थप दुई वर्ष कैद सजाय हुनेछ’ भन्ने उल्लेख छ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २११ मा कसैले कुनै व्यक्तिलाई अपहरण गर्न वा गराउन नहुने उल्लेख छ। ऐनको उपदफा २ झुक्यानमा पारी जवरजस्ती कुनै ठाउँमा लगेमा अपहरण हुने उल्लेख छ।

यसअघि सांसद् यादव पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवसहित बहालवाला सांसद्हरुसँग काठमाडौंको टेकुस्थित प्रहरी परिसरमा उजुरी लिएर पुगेका थिए। 

प्रकाशित मिति: ०८:०१ बजे, मंगलबार, वैशाख २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्