Kathmandu Press

जिल्ला सरकारी वकिलद्वारा सांसद् अपहरणको उजुरी दर्ता गर्न अस्वीकार

काठमाडौं, वैशाख १६ : जनता समाजवादी पार्टीका सांसद् अपहरणको उजुरी जिल्ला सरकारी वकिलले दर्ता गर्न अस्

जिल्ला सरकारी वकिलद्वारा सांसद् अपहरणको उजुरी दर्ता गर्न अस्वीकार

काठमाडौं, वैशाख १६ : जनता समाजवादी पार्टीका सांसद् अपहरणको उजुरी जिल्ला सरकारी वकिलले दर्ता गर्न अस्वीकार गरेको छ।

समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मीले आएर उजुरी दर्ता गर्न नमिल्ने भन्दै फर्काइदिएको जानकारी दिए। उजुरी दर्ता गर्न गएको धेरै समयपछि आएका रेग्मीले अनुशन्धानका साथिहरुसँग बुझ्नु पर्ने भन्दै उजुरी दर्ता गर्न नमानेको उनले जानकारी दिए। उनले अब सरकारी वकिलमार्फत पनि दर्ता नभएपछि कानुन अनुसार अन्य बाटो रोज्ने बताए।

गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवसहित काठमाडौंको टेकुस्थित प्रहरी परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए। प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि उनीहरु मंगलबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय पुगेका हुन्। 

प्रकाशित मिति: १६:५० बजे, मंगलबार, वैशाख १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्