Kathmandu Press

कांग्रेससहितको विपक्षी मोर्चाले भन्यो- सरकार अधिनायकवादी बन्यो, एकताबद्ध भएर संघर्षमा उत्रिन्छाैँ 

काठमाडाैं, वैशाख १५ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी तीन दलको बैठकले सरकारवि

कांग्रेससहितको विपक्षी मोर्चाले भन्यो- सरकार अधिनायकवादी बन्यो, एकताबद्ध भएर संघर्षमा उत्रिन्छाैँ 
फाइल

काठमाडाैं, वैशाख १५ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी तीन दलको बैठकले सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ। 

सोमबार कांग्रेस पार्टी कार्यालयमा बसेको प्रतिपक्षी कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाको संयक्त बैठकले सरकारले लोकतान्त्रिक मूल्य मान्यताहरुलाई कुल्चदै सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै संघर्षमा उत्रिने निर्णय गरेको हो। 

‘लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ। हामी यो प्रवृत्तिको भत्सना गर्दछौं र यस किसिमको स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्ति एकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ बैठक पछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ। 
 
यस्तै, बैठकले सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा संलग्नहरुलाई तत्काल कानूनी कारबाही अघि बढाउन माग समेत गरेको छ। 

‘सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन्। यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।  

कोेरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ती गर्न तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आश्यक राहत र कुनै ठोस कार्ययोजना सरकारले दिन नसकेको बैठकले निष्कर्ष निकालेको छ। 

‘तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ। साथै कोरोना भाइसको यथार्थ स्थिती पत्ता लगाउन आवश्यक टेस्टिङमा भएको अराधरण ढिलासुस्ती समाप्त गरी तिव्रवता दिन यो बैठक माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा,  रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला,  पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, जनता समाजवादी पार्टीका नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ  तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए।

हेर्नुस् विज्ञप्ति :

 

प्रकाशित मिति: १८:०२ बजे, सोमबार, वैशाख १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्