Kathmandu Press

ओली र नेपालबीच बालुवाटारमा एक्लाएक्लै भेट

काठाडौं, वैशाख १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरि

ओली र नेपालबीच बालुवाटारमा एक्लाएक्लै भेट

काठाडौं, वैशाख १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दुई नेताबीच झन्डै एक घन्टा एक्लाएक्लै कुराकानी भएको थियो । पछिल्लो समय नेकपाभित्र बढेको आन्तरिक विवादकाबीच दुई नेताबीच भेट भएको हो। भेटमा के विषयमा कुराकानी भयो भन्नेबारे दुवै नेताहरुले जानकारी गराएका छैनन्। 

ओली सरकारले गत हप्ता राजनीतिक दल फुटाउन खुकुलो हुने प्रावधानसहितको र संवैधानिक परिषदको दुई अध्यादेश ल्याएपछि नेकपाभित्र अन्तरसंघर्ष चुलिएको छ। नेकपा सचिवालयका ९ मध्ये ६ जना सदस्यले अध्यादेश फिर्ता लिन माग गरेपछि सरकारले ति अध्यादेश फिर्ता समेत गरेको छ। 


 

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, वैशाख १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्