Kathmandu Press

लकडाउन वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं,  वैशाख १४ : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गर्दै आएको लकडाउन

लकडाउन वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं,  वैशाख १४ : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गर्दै आएको लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। 

सरकारले यसअघि वैशाख १५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो। 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साताभन्दा बढी  लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो। उच्चस्तरीय समितिको सिफारिसकै आधारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण भेटिएपछि सरकारले त्यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि चरणवद्धरुपमा लकडाउन लम्ब्याउँदै आएको छ।
 

प्रकाशित मिति: १९:१४ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्