झापा र वीरगञ्जमा तीन जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो
काठमाडौं, वैशाख १४ : नेपालमा एकै दिन तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
आइत

काठमाडौं, वैशाख १४ : नेपालमा एकै दिन तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।
आइतबार पर्साको वीरगञ्ज–३ छपकैयाका ४९ वर्षीय र वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुष तथा झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
कोरोना संक्रमित वीरगञ्जकाका ४९ र ५५ वर्षीय पुरुषलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ।
यस्तै, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ५० वर्षीय पुरुषमा कोरोनाको सक्रमण भेटिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार कोरोना संक्रमित ५० वर्षीय पुरुष अस्पतालको सम्पर्कमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ। तीमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्।

-1792762148.jpeg)





-1792762148.jpeg)



