Kathmandu Press

थप चार जना संक्रमित कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, वैशाख १४ : कोरोना भाइरसबाट संक्रमित थप चार जना निको भएर घर फर्किएका छन्। 

थप चार जना संक्रमित कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, वैशाख १४ : कोरोना भाइरसबाट संक्रमित थप चार जना निको भएर घर फर्किएका छन्। 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साको नारायणी अस्पतालमा उपचाररत चार जना संक्रमित निको भएर घर डिस्चार्ज भएको जानकारी दिए।

प्रवक्ता देवकोटाले पछिल्ला रिपोर्ट कोरोना नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको बताए।  उनका अनुसार कोरोनालाई जितेर डिस्चार्ज हुनेमा रौतहटका १९ वर्षीय युवकर १२ औं दिनमा र तीन जना पुरुष १५ दिनमा डिस्चार्ज भएका हुन्। 

योसँगै कोरोनाबाट संक्रमित ५१ मध्ये १६ जना निको भएर घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्