Kathmandu Press

एन्टिबडी पोजेटिभ देखिएकी एक युवतीको मृत्यु

काठमाडौं, वैशाख १४:  वीरगञ्जमा र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएकी ए

एन्टिबडी पोजेटिभ देखिएकी एक युवतीको मृत्यु

काठमाडौं, वैशाख १४:  वीरगञ्जमा र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज १० अशोक बाटिका की २३ वर्षीया युवतीको मृत्यु भएको हो।

मृत्युपछि युवतीको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ। उनको शव नारायणी अस्पतालमा राखिएको छ।

ब्लड क्यान्सरको बिरामी रहेकी महिलालाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए।' नारायणी अस्पतालको टोलीले र्‍यापिड टेस्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएपछि आईसोलेसनमा राख्न लगिएको थियो,' उनले भने, 'सोही अस्पतालमा शनिबार उनको मृत्यु भयो।'

उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।
 

प्रकाशित मिति: ११:४५ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्