लकडाउनले घरमै रमदानको नमाज पाठ (फोटो फिचर)
काठमाडौं, वैशाख १४ : मुस्लिम समुदायको पवित्र पर्व रमदान सुरु भएको छ। यस पटक भने उनीहरुले घरमै नमाज प
काठमाडौं, वैशाख १४ : मुस्लिम समुदायको पवित्र पर्व रमदान सुरु भएको छ। यस पटक भने उनीहरुले घरमै नमाज पढेर रमदानको सुरुआत गरेका छन्।
इस्लामिक क्यालेन्टर अनुसार, वर्षको नवौं महिनालाई रमदान मनाइने गरिन्छ। यो महिनाभर उनीहरु व्रत बसेर, पूजाआज गरेर तथा एकअर्कालाई सहयोग प्रदान गरेर मनाउने गर्छन्।
कोरोना भाइरसको महामारीका कारण नेपाललगायत विभिन्न देश अहिले लकडाउनमा छन्। त्यसैले संसारभरका मुस्लिमहरुले घरमै बसेर रमदानको सुरुआत गरेका छन्।
ललितपुरको मंगल बजारमा बस्दै आएको आशिफ खानको परिवारले पनि घरमै नमाज पढेर रमदानको सुरुआत गरेको छ। पत्नी नजरा सवनम र छोरा अहिलले पनि उनीसँगै घरमै नमाज पढेर रमदानको प्रारम्भर गरेका छन्।
नेपालमा रहेका मुस्लिम समुदायले पनि घरमै नमाज पाठ गरेका छन्। अबको एक महिना रमदान मनाइनेछ।