Kathmandu Press

लकडाउनमा देशविदेशका सेलिब्रेटीसँग सम्पदाको सम्वाद

काठमाडौं, वैशाख १२ : कोरोना भाइरस महामारीको त्रासमा बितिरहेको लकडाउनको समयलाई रमाइलो र आशावादी बनाउन

लकडाउनमा देशविदेशका सेलिब्रेटीसँग सम्पदाको सम्वाद

काठमाडौं, वैशाख १२ : कोरोना भाइरस महामारीको त्रासमा बितिरहेको लकडाउनको समयलाई रमाइलो र आशावादी बनाउन लेखक एवं  सिनेकर्मी सम्पदा मल्ल नयाँ कार्यक्रम ल्याएर आउँदैछिन्। संसारभरका विभिन्न देशमा रहेका नेपाली सेलिब्रेटीसँग सम्वाद गरिने यो कार्यक्रमको नाम दिएको छ, ‘लकडाउन रन्डेभु विथ सम्पदा।’

एसआरबीएन मिडियाको प्रस्तुत ‘लकडाउन रन्डेभु विथ सम्पदा’ कार्यक्रममा सम्पदाले सेलिब्रेटीसँग सम्वाद गर्नेछिन्। एसआरबीएन मिडियाले यस अघि नेपाली टेलिभिजनमा नयाँ कार्यक्रम ‘को बन्छ करोडपति’ निर्माण गरेको थियो।

देश र विदेशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यक्तित्वसँग लकडाउनले उनीहरुको जीवनशैलीमा पारेको प्रभावको विषयमा भलाकुसारी गरिने जनाएको छ। यो कार्यक्रमलाई लिएर सम्पदाले खुशी जनाएकी छन्। ‘यो लकडाउनकाे विषम परिस्थितिमा आशाको किरण झल्काउने मेरो सानो प्रयास हो,’ सम्पादले भनिन्।

Hardik ivf

अहिले भेटेर कुराकानी गर्न नसकिने भएकाले इन्टरनेटकै माध्यमबाट सबैलाई जोड्ने प्रयास गरिएको उनको भनाइ छ। ‘यो समय इन्टरनेटको हो, जहाँ बसेर जोसँग पनि कुराकानी गर्न सकिन्छ। हामी त्यसैको सदुपयोग गर्न खोजिरहेका छौं,’ सम्पदाले भनिन्।

यसमा नेपालमा मात्रै नभएर विदेश रहेका नेपाली सेलिब्रेटी पनि जोडिनेछन्। यो सम्वादमा बेलायतबाट कीर्तिमानी पौडी खेलाडी गौरिका सिंह, अमेरिकाबाट मदन पुरस्कार विजेता निलम कार्की ‘निहारिका’ पनि जोडिनेछन्।

त्यस्तै, नेपालबाट दीपकराज गिरी, दीपाश्री निरौला, अनिल केशरी शाह, माल्भिका सुब्बा, गौरी मल्ल, आसिफ शाह, सुरजसिंह ठकुरी, सत्यराज आचार्य, स्वरुपराज आचार्य, अनुप बराल, दीया मास्के, विपिन कार्कीलगायत चर्चित व्यक्तिहरु लकडाउन अनुभव सम्पदासँग साट्नेछन्।

केहि समय अघि ‘मझेरी’ नामक लकडाउन कविता प्रतियोगिताको आयोजनाबाट पाएकाे सफलताले यो कार्यक्रम गर्ने हौसला मिलेकाे आयोजकले जनाएको छ। अहिले लकडाउनको समयमा ‘हामीलाई मनपर्ने सेलिब्रेटीहरुले कसरी समय काटिरहेका होलान्’ भन्ने कौतुहलता यो कार्यक्रमले मेटाउने विश्वास गरिएको छ।

एसआरबीएन मिडियाका क्रिएटिभ डिरेक्टर सुरक्षा अधिकारी प्रविधिको सुविधा उपयोग गरेर घरबाटै सेलिब्रेटिसँग सम्वाद गरिने बताइन्। ‘लकडाउनको समयमा सबैले आ–आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट अन्तर्वार्ता दिइरहनुभएको छ। यो आफैमा एउटा नयाँ प्रयोग हो र डिजिटल क्रान्तिको थालनी पनि हो,’ अधिकारीले भनिन्, ‘लकडाउन सकिएपछि पनि आजको व्यस्त समयमा यस्तो नयाँ प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण पनि हो।’

लकडाउनले निरास बनाइरहेको वेला उत्साह थप्न र प्रेरणा दिन यो कार्यक्रम आयोजना गर्न लागिएको एसआरबीएन मिडियाका आइटी हेड रिवाज घिमिरेले बताए। ‘यो लकडाउनले धेरै मानिसहरुमा नकारात्मक भावनाहरु, भविष्यको चिन्ताहरु पैदा भइरहेको छ,’ घिमिरेले भने, ‘मानिसहरुलाई हाँसो, उत्साह र प्रेरणा  दिनु नै कार्यक्रमको उद्देश्य हो।’

यो कार्यक्रम एसआरबीएन मिडियाको गुन्द्रुक युट्युब च्यालनबाट प्रसारण गरिनेछ। लकडाउन अवधिभर कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
   
 

 

 

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्