Kathmandu Press

घर फर्किंदा पनि फर्किएन खुशी (फोटोफिचर)

भक्तपुर, वैशाख ९ : लामो लकडाउनमा राजधानीमा रोकिएका सिन्धुलीका वासिन्दा मंगलबार सिमसिमे पानीमा भिज्दै

घर फर्किंदा पनि फर्किएन खुशी (फोटोफिचर)
रिवाज राई

भक्तपुर, वैशाख ९ : लामो लकडाउनमा राजधानीमा रोकिएका सिन्धुलीका वासिन्दा मंगलबार सिमसिमे पानीमा भिज्दै गाउँतिर लागेका छन्।

उनीहरु बिहानैदेखि भक्तपुरको जगतीस्थित बसपार्कमा भेला भएका थिए। लकडाउनका कारण राजधानीमा हातमुख जोर्न समस्या भएपछि घर फर्किन लागेको उनीहरुले बताए।

जगतीस्थित बसपार्कमा भेलाका भएका सर्वसाधारणलाई स्थानीय प्रशासनले घर फर्किन यातायातको व्यवस्था गरेको थियो। उनीहरु १० वटा गाडीमा कोचाकोच गर्दै भएपनि घर फर्किएका छन्।

घर फर्किन लाग्दा पनि उनीहरुको अनुहारमा खुशी देखिँदैन्थ्यो। प्रायः सबै निराश देखिन्थे।

काठमाडौका डेराबाट भोकभोकै निस्केका उनीहरुलाई उग्रचण्डी पार्टी प्यालेसमा दिउसो खाना पनि खुवाइएको थियो।

तैपनि उनीहरु खुशी थिएनन्। किनकि, परिवारको खुशीका लागि काम गर्न राजधानी छिरेका उनीहरु भएकाे पैसा पनि झन्डै महिना दिनको लकडाउनमा सकेर रित्तो हात घर फर्किँदै थिए।

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, वैशाख ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्