Kathmandu Press

बाघ बचाउन नेपाललाई सघाएका हलिउड अभिनेता गरिबलाई खाना खुवाउन पैसा उठाउँदै

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसबाट जोगिन संसारका दुई तिहाई बासिन्दा लकडाउनमा छन्। जसले गर्दा मजदुर

बाघ बचाउन नेपाललाई सघाएका हलिउड अभिनेता गरिबलाई खाना खुवाउन पैसा उठाउँदै
एजेन्सी

काठमाडौं, वैशाख ७ : कोरोना भाइरसबाट जोगिन संसारका दुई तिहाई बासिन्दा लकडाउनमा छन्। जसले गर्दा मजदुर तथा विपन्नलाई दैनिक हातमुख जोर्न समस्या भएको छ।

नेपालमा पनि काठमाडौंलगायत मुख्य शहरमा रहेका मजदुर भोकै बस्नुपर्ने अवस्था आएपछि पैदल गाउँ फर्किरहेका छन्। कयौं राजमार्गमै अलपत्र छन भने कयौं भोकभोकै गन्तव्य पछ्याइरहेका छन्।

अमेरिकामा भने कोरोनाका कारण भोकभोकै बस्नु पर्ने अवस्थामा रहेका नागरिकलाई खाना खुवाउन हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो अगाडि सरेका छन्। उनले ‘अमेरिकाज फुड फन्ड’ अभियान सुरु गरेका छन्।

Hardik ivf

अस्कार विजेता डिक्याप्रियो लामो समयदेखि सामाजिक काममा संलग्न छन्। उनले नेपाललाई पनि सहयोग गर्दै आएका छन्, संरक्षणमा।

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)मार्फत उनले नेपाललाई बाघ बचाउन सहयोग गरेका थिए। नेपालमा बाघको संख्या दोब्बर बनाउन उनले गरेको सहयोग महत्वपूर्ण रहेको छ।

सन् २०१० मा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि क्यामरा जडान गर्दै लियाेनार्डाे डिक्याप्रियाे।

उनले लियोनार्डो डिक्याप्रियो फाउन्डेसनमार्फत नेपाललाई सहयोग गरेका थिए। त्यहि क्रममा उनी सन् २०१० नेपाल पनि आएका थिए। अभिनेता डिक्याप्रियो बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनामा समेत सहभागी भएका थिए। प्राविधिक टोलीसँगै उनी बाघ गणनाका लागि क्यामरा जडानमा समेत खटिएका थिए।

त्यतिवेला उनले संरक्षणमा सक्रिय बर्दियाका स्थानीय वासिन्दासँग पनि भेटघाट गरेका थिए। उनीहरुलाई बाघ संरक्षणका लागि हौस्याएका थिए। स्थानीय वासिन्दासँगै वृक्षरोपणमा सहभागी भएका थिए।

सन् २०१० मा बर्दियामा स्थानीय वासिन्दासँगै वृक्षराेपण गर्दै लियाेनार्डाे डिक्याप्रियाे।

उनै अभिनेता डिक्याप्रियोले यतिवेला भने अमेरिकामा विपन्नलाई खाना खुवाउन परोपकारमा संलग्न अमेरिकी व्यवसायी लौरेन पोवेल जबसँग मिलेर ‘अमेरिकाज फुड फन्ड’का लागि पैसा जुटाउन लागेका छन्। यसका लागि संकलन भएको रकमले बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न नागरिकलाई खाना खुवाउन सघाइने जनाएको छ।

कोरोनाले ल्याएको संकटले अमेरिकामा मात्रै तीन करोड ७० लाख मानिसले दैनिक छाक टार्नका लागि संघर्ष गर्नुपर्ने देखिएको छ। न्यून आय भएका कतिपय परिवारलाई छाक छार्न समस्या हुन थालेको जनाएको छ।

उनीहरुलाई खाना खुवाउन पैसा जुटाउनका लागि यो अभियान सुरु गरिएको अभिनेता डिक्याप्रियोले जनाएका छन्। यो अभियानमार्फत संकलन भएको पैसा ‘फिडिङ अमेरिका’ र ‘वल्ड सेन्ट्रल किचन’ संस्थालाई प्रदान गरिनेछ।

फिडिङ अमेरिका संस्थाले अमेरिकामा खानपिनको समस्या हुने नागरिकलाई सघाउदै आएको छ। यो संस्थाले प्रत्येक वर्ष अमेरिकामा चार करोड मानिसलाई सहयोग गर्दै आएको छ। त्यस्तै, वल्ड सेन्ट्रल किचनले खानाका लागि समस्या भएका मासिनलाई खानाको व्यवस्था गर्दै आएको छ।

 

उनीहरुका लागि अभिनेता डिक्याप्रियोले १ अप्रिल अर्थात गत चैत १९ देखि यो अभियान सुरु गरेका हुन्। यसमा उनले डिक्याप्रियो र लरेन्स पावेल जबले पाँच मिलियन अमेरिकी डलर अर्थात ६० करोड नेपाली रुपैयाँ राखेका छन्। यसमा एप्पले पनि त्यतिक्कै रकम जम्मा गरेको छ।

उनलाई यसमा बलिउडका हस्तीहरुले सघाइरहेका छन्। व्यवसायी र सर्वसाधारणले पनि सहयोग गरिरहेका छन्। अहिलेसम्म १३ हजारले सहयोग गरेका छन्।

यो १९ दिनको अवधिमा १४ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब ७० करोड रुपैयाँ जम्मा भइसकेको छ। उनले यो अभियानमार्फत १५ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब ८२ करोडभन्दा बढी रुपैयाँ संकलन गर्ने लक्ष्य राखेका थिए।

कोरोनाका कारण संसारभर खानाका लागि संघर्ष गरिरहेका नागरिकलाई सघाउन आग्रह गरेका छन्। उनले भनेका छन्, 'यो संकटमा संसारभर जो जहाँ सक्छौं, सहयोग गर्‍यौं। कसैलाई भोकै बस्न नदिऔं।'

प्रकाशित मिति: १०:२४ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्