Kathmandu Press

कोरोनालाई जितेर २७ दिनपछि घर फर्किइन् प्रसिद्धि

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालमा भर्ना भएकी प्रसिद्धि श्रेष्ठ डिस्चार

कोरोनालाई जितेर २७ दिनपछि घर फर्किइन् प्रसिद्धि

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालमा भर्ना भएकी प्रसिद्धि श्रेष्ठ डिस्चार्ज भएकी छिन्।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया श्रेष्ठ कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत १० गते टेकुस्थित शहिद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पताल भर्ना भएकी थिइन्। पूर्ण स्वास्थ्यलाभपछि शनिबार श्रेष्ठलाई डिस्चार्ज गरिएको अस्पतालका  प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।

कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा श्रेष्ठ गत चैत ४ गते कतारबाट काठमाडौं आइपुगेकी थिइन्। नेपाल आउना साथ होम क्वारेन्टाइनमा बसेकी उनी बिरामी भएपछि चैत ९ गते अस्पताल भर्ना भएकी थिइन्।

यसअघि कोरोनाबाट संक्रमित एक युवक निको भएर घर फर्किसकेका छन्। चीनबा आएका उनी स्वास्थ्यलाभ पछि घर फर्किएका थिए।
 

प्रकाशित मिति: १३:४८ बजे, शनिबार, वैशाख ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्