Kathmandu Press

टेकु अस्पतालका संक्रमण रोग विशेषज्ञ डा. पुनलाई जगेडामा तानेर स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको उपचारमा दिनरात खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

टेकु अस्पतालका संक्रमण रोग विशेषज्ञ डा. पुनलाई जगेडामा तानेर स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको उपचारमा दिनरात खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका  वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनसँग सरकारले स्पष्टिकरण सोधेको छ। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार पुनसँग लिखित स्पष्टिकरण सोधेका हुन्। स्रोतका अनुसार डा.पुनलाई विभिन्न सञ्चारमाध्यममा राखेका धारणामाथि प्रश्न उठाउँदै सरकारले स्पष्टिकरण सोधिएको हाे।

Hardik ivf

डा.पुनले पनि स्पष्टिकरण साेधेकाे स्वीकारे। 'हिजो स्पष्टिकरण पत्र आएको छ। आइतबार स्पष्टिकरणका लागि मन्त्रालय जाँदैछु,' डा. पुनले काठमाडौं प्रेससँग भने, 'म जापान छाेडेर देशका लागि काम गर्न भनेर आएको हुँ। काम गर्दा यस्तो पुरस्कार दिन्छन् भने ठीकै छ।'

स्वास्थ्यमन्त्री ढकालले डा.पुनलाई केही दिनदेखि मन्त्रालयमै हाजिर गर्न उर्दी पनि जारी गरेका थिए। सरकारले महामारीका बेला संक्रमण रोग विशेषज्ञलाई नै मन्त्रालयमा जगेडामा तान्ने र स्पष्टिकरण सोधेर चिकित्सकहरुको मनोबल थप कमजोर बनाएको स्वास्थ्यकर्मीकाे भनाइ छ। 

डा.पुन यसअघि नेपालमा देखिएका सबै खालका सरुवा रोगको उपचारमा सधैँ अग्रस्थानमा रहँदै आएका थिए। डेंगू, स्वाइन फ्लू, मलेरिया, एचआइभी लगायतको उपचारमा डा. पुनकै नेतृत्वकाे टिमले काम गर्दै आएको छ।

उनले नै जिल्ला जिल्लामा गएर त्यहाँका चिकित्सकहरुलाई संक्रामक रोगको तालिम पनि दिने गरेका छन्।  वरिष्ठ चिकित्सकमाथि सरकारको यस्तो व्यवहारले कोरोना भाइरसविरुद्ध उपचाररत अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुको पनि मनोवल गिर्ने विज्ञहरुकाे भनाइ छ।

डा.पुन लामो समयदेखि टेकु अस्पतालमा सरुवाको उपचारमा क्रियाशिल छन्। उनी नेपालका सीमित संक्रमण रोग विशेषज्ञमध्ये सबैभन्दा वरिष्ठ हुन्। 

 

प्रकाशित मिति: ११:०८ बजे, शनिबार, वैशाख ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्