Kathmandu Press

उदयपुर र चितवनमा भेटिए कोरोनाका थप १४ संक्रमित

काठमाडौं, वैशाख ५ : नेपालमा थप १४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

शुक्रबार उदय

उदयपुर र चितवनमा भेटिए कोरोनाका थप १४ संक्रमित

काठमाडौं, वैशाख ५ : नेपालमा थप १४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

शुक्रबार उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. कार्कीले बताए।उदयपुरमा भेटिएका १२ जना संक्रमित पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार उनीहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय रहेका छन्।

यस्तै, चितवनबाट ल्याइएका दुई वटा स्वाबको रिपोर्ट पनि पोजेटिभ आएको छ। चितवनको राप्ती नगरपालिका–८ का कोरोना संक्रमितहरु चैत ३ गतेमात्रै बेलायतबाट फर्किएका हुन्।  चितवनमा कोरोना भाइरसको पोजेटिभ देखिएका दुई जना ६३ वर्षीया महिला र २७ वर्षीय युवक छन्।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

यसअघि १६ जना कोरोनाका संक्रमित भेटिएका थिए। उनीहरूमध्ये टेकु र पाटन अस्पतालमा दुई-दुई जना, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच जना, बागलुङ अस्पतालमा दुई तथा वीरगञ्ज अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने कोरोनाको पहिलो संक्रमित युवक निको भएर घर फर्किसकेका छन्। 


 

प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, वैशाख ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्