Kathmandu Press

भरतपुरमा दुई जनामा कोरोना, थप परीक्षणका लागि स्वाब काठमाडौं पठाइयो

चितवन, वैशाख ५ : चितवनको भरतपुरमा अस्पतालमा रहेका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। थप परी

भरतपुरमा दुई जनामा कोरोना, थप परीक्षणका लागि स्वाब काठमाडौं पठाइयो

चितवन, वैशाख ५ : चितवनको भरतपुरमा अस्पतालमा रहेका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको छ।

राप्ती नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा तीन जनामा कोरोनाको एन्टिबडी देखिएको थियो। तीन जनालाई थप परीक्षणका भरतपुर अस्पताल ल्याइएको थियो। तीनै जना अस्पतालका आइसोलेसन वार्डमा रहेका छन्।

उनीहरुमध्ये प्रयोगशलामा स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए। उनका अनुसार, तेस्रो जनामा भने कोरोना देखिएको छैन।

भरतपुर अस्पतालले थप परीक्षणका लागि उनीहरुको स्वाब शुक्रबार काठमाडौं पठाएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण पछि एकीन गरिने पौडेलले बताए।

उनीहरु एक महीना अघि विदेशबाट आएका थिए। उनीहरुमा कुनै लक्षण देखिएका छैनन्। उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: ११:४५ बजे, शुक्रबार, वैशाख ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्