Kathmandu Press

ताण्डव साप्ताहिकका सम्पादक गिरी रिहा 

काठमाडौं, वैशाख २ : पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरी रिहा भएका छन्। 

....

ताण्डव साप्ताहिकका सम्पादक गिरी रिहा 

काठमाडौं, वैशाख २ : पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरी रिहा भएका छन्। 

गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले साइबर क्राइमको मुद्दामा सोमबार बिहान पक्राउ गरेको थियो। गिरीलाई थप अनुसन्धानका लागि भन्दै प्रहरीले काठमाडौं ल्याएको थियो। 

तर, समाचारसँग सम्बन्धित कुरा सिआईबीको क्षेत्राधिकार बाहिर पर्ने भएकाले सम्पादक गिरीलाई प्रहरीले रिहा गरेको हो। अब गिरीमाथि लगाइएको मुद्दा प्रेस काउन्सिलले छानविन गर्ने छ। 

बतास कम्पनीका वीपेन्द्रराज बतासले पैसा नतिरेर ठगी गरेको समाचार लेखेको भन्दै सम्पादक गिरीविरुद्ध साइबर क्राइमको मुद्दा दायर गरेका थिए।

 

प्रकाशित मिति: १८:४८ बजे, सोमबार, वैशाख २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्