Kathmandu Press

कोरोनाको त्रासले सनसिटीमा सन्नटा (फोटोफिचर)

काठमाडौं, वैशाख २ : सधै चहलपहल भइराख्ने पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा आज भने सन्नटा छाएको छ।

कोरोनाको त्रासले सनसिटीमा सन्नटा (फोटोफिचर)
रिवाज राई

काठमाडौं, वैशाख २ : सधै चहलपहल भइराख्ने पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा आज भने सन्नटा छाएको छ। मंगलबार बिहान सनसिटी अपार्टमेन्ट पुग्दा सुरक्षाकर्मीबाहेक सर्वसाधारण देखिएनन्।

लन्डनबाट गत चैत ५ गते आएका एउटै परिवारका तीन जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा सोमबार कोरोना भाइरसको एन्टीबडी देखिएपछि पाटन अस्पताल लगिएको छ। उनीहरुको थप परीक्षण भइरहेको छ।

तर, कोरोनाको संक्रमण हुन सक्ने आशंकामा प्रहरीले सनसिटी अपार्टमेन्टलाई शिलबन्दी गरेको छ। सनसिटीमा रहेका करिब पाँच सय जनालाई बाहिरभित्र गर्न दिएको छैन। सोमबार साँझदेखि नै प्रहरीले सुरक्षा दिइरहेको छ।

आरडीटीमा कोरोना एन्टीबडी देखिएका तीनै जना आमा, छोरा र बुहारीलाई संक्रमण भए नभएको आज एकीन हुनेछ।

प्रकाशित मिति: ११:३१ बजे, मंगलबार, वैशाख २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्