रौतहटका १९ वर्षीय युवकमा भेटियो कोरोनाको संक्रमण
काठमाडौं, वैशाख १ : कोरोना भाइरसका थप एक जना नयाँ संक्रमित भेटिएका छन्।
क्वारेन

काठमाडौं, वैशाख १ : कोरोना भाइरसका थप एक जना नयाँ संक्रमित भेटिएका छन्।
क्वारेन्टाइनमा रहेका रौतहटका १९ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवकमा कोरोना पोटेटिभ देखिएको जानकारी दिए।
यसअघि सोमबार बिहान कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेकी ६५ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। तीमध्ये चीनबाट फर्किएका एक जना निको भएर घर फर्किसकेका छन्।
प्रकाशित मिति: १६:३० बजे, सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











