वीरगञ्जदेखि कैलाली पुगेकी ६५ वर्षीया महिलालाई कोरोना संक्रमण
काठमाडौं, बैशाख १ : कैलालीको लम्की चुहाकी एक महिलामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।

काठमाडौं, बैशाख १ : कैलालीको लम्की चुहाकी एक महिलामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। वीरगञ्ज नाकामा चिया पसल गर्दै आएकी ५५ वर्षीया महिलामा कोरोना संक्रमण भएको पाइएको हो। चैत ९ गते लम्कीचुहा आएकी महिला १७ गतेदेखि क्वारेन्टाइनमा बसेकी थिइन्।
र्यापिड टेस्टका क्रममा उनको नतिजा नेगेटिभ आएपनि थप परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो। टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको हो। नतिजा पोजेटिभ देखिएसँगै ती महिलालाई सोमबार बिहान धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको छ।
यो सँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले कोरोना संक्रमित चार जनाको उपचार भइरहेको छ।
साथै देशभर कोरोना संक्रमितको संख्या १३ पुगेको छ।
प्रकाशित मिति: ११:३२ बजे, सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











