लकडाउनमा स्वेच्छिक रक्तदान (फोटोफिचर)
काठमाडौं चैत ३० : लकडाउनका कारणले अस्पतालहरुमा रगत अभाव हुन थालेपछि मिर्मिरे युवा समाज र नोवेल अस्पत

काठमाडौं चैत ३० : लकडाउनका कारणले अस्पतालहरुमा रगत अभाव हुन थालेपछि मिर्मिरे युवा समाज र नोवेल अस्पतालको पहलमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
उपत्यकमा विरामीहरुको लागि रगत अभावमा हुन थालेपछि आइतबारदेखि रक्तदान कार्यक्रम सुरु गरेको मिमिरे युवा समाजका अध्यक्ष दिनेश विक्रम शाहले बताए। ६५ जनाले रक्तदान गरेको उनले बताए। ‘नोवेल अस्पतालको सहकार्यमा रक्तदान गरिएकाले अहिले नोवेल अस्पतालमा रहन्छ। बिरामीलाई आवश्यक परेकामा जुन सुकै अस्पतालले पनि लैजान मिल्छ,‘ उनले भने।
लकडाउका कारण देशभर रगतको अभाव भएको छ। उपत्यककामा पनि रगतको अभाव रहेको छ। रगतको अभावलाई ध्यानमा राखेर दुई दिनको फरकमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए।
प्रकाशित मिति: १२:४४ बजे, आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











