Kathmandu Press

उद्योगीहरु भन्छन्, ‘अहिले आर्थिक अवस्थाभन्दा पनि मानिसको जीवन बचाउन लागौं’

काठमाडौं, चैत २९ :  विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले

उद्योगीहरु भन्छन्, ‘अहिले आर्थिक अवस्थाभन्दा पनि मानिसको जीवन बचाउन लागौं’

काठमाडौं, चैत २९ :  विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ। लकडाउनले जनजीवन मात्रै होइन, अर्थतन्त्र पनि संकटमा परेको छ।

यसको धक्का उद्योगी व्यवासायीहरुलाई पनि लागेको छ। तथापि, व्यवसायीहरुले पनि लकडाउनको समर्थन गर्दै व्यापार व्यवसाय बन्द गरेका छन्। यसले आर्थिक क्षति गरेपनि मान्छेको ज्यान ठूलो भएको व्यवसायीहरु बताउँछन्।

चैत ११ देखि सुरु भएको लकडाउनलाई सरकाले वैशाख ३ गतेसम्म लम्ब्याएको छ। अझै कति दिन लम्बिने हो एकीन छैन। यस्तोमा व्यवसायीहरुले के सोचिरहेका छन्? अर्थतन्त्रलाई चलायनमान बनाउन अब के गर्नुपर्छ?

Hardik ivf

लकडाउन खोलेपछि सरकारले व्यवसायीहरुको लागि सहज हुने नीति बनाएर अगाडी बढ्नुपर्ने व्यवसायीहरु बताउँछन्।  

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा सरकारले कोरोना भाइरस (कोविड(१९)लाई रोकथाम र नियन्त्रणको लागि ल्याइएको नीति प्रभावकारी भएको बताउँछिन्।

कोरोनाको भयानक स्थिति हेर्दा अझ ढिला लकडाउन भएकी भन्ने उनको भनाइछ। ‘आजसम्म भेटिएका कोरोना सक्रमितमा चैत ४ गते अन्य देशबाट आएको व्यक्तिहरुमा भेटिएको छ। सरकारले कोरोना संक्रमण देखिएपछि मात्रै लकडाउन गर्यो।  अन्य देशमा फैलिने क्रममा नै अन्तर्राष्ट्रिय विमानस्थल मात्र बन्द गरिएको भए यस्तो अवस्था हुने थिएन,’ अध्यक्ष राणा भन्छिन्, ‘अझै पछिल्लो समय आउन सक्ने समस्यालाई ध्यानमा राखेको अगाडि बढ्नुपर्छ।’

व्यापारीहरुलाई कति घाटा भएको छ भन्ने भन्दापनि मान्छेलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने मुख्य कुरामा सरकारको ध्यान पुग्नुपर्ने उनको धारणा छ। ‘आर्थिक क्षेत्रमा नोक्सानी भए पुनः जिवित बनाउन सकिन्छ, तर मानव क्षति भएमा ठूलो क्षति व्याहोनुपर्ने हुन्छ,’ राणाले भनिन्, ‘लकडाउन खुल्ने कोरोनाको प्रभाव कम भईसकेपछि हो। काम गर्नको लागि पुरानै अवस्था नभएपनि केहीहदसम्म सतर्कता अपनाउनुपर्छ। दोहोरिएर पनि कोरोना संक्रमण हुनसक्ने खतरा भएकाले ध्यान दिनु आवश्यक छ।’

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल सरकारले कोरोना भाइरस नियन्त्रणको ल्याएको नीति सकारात्मक भएपनि त्यसको कार्यान्वयन हेर्ने वेला भएको बताउँछन्। ‘नीति ल्याएको अनुसार कार्यान्वयन नभएको हो कि? लकडाउनलाई गम्भीर रुपमा नलिएको हो कि जस्तो देखिएको छ,’ उनी भन्छन्, ‘लकडाउन खुल्ने भनेको कोरोना भाइरसको कम भईसकेपछि हो। कोरोना भाइरस  शून्य अवस्थामा जाँदैनन्। केही कम हुने मात्र विज्ञहरुको भनाई छ। त्यसैले कोरोनाबाट सुरक्षित रहनको लागि सधै सावधान रहनुपर्छ।’

उनका अनुसार कोरोनाको प्रभावले व्यवसायमा प्रत्यक्षरुपमा ठूलो असर पुगेको छ। होटल तथा पर्यटकीय क्षेत्र बन्द हुँदा त्यहाँ काम गर्ने कर्मचारी र व्यवसायीलाई नै ठूलो धक्का पुगेको उनी बताउँछन्। ‘एकदिन बन्द हुँदा करोडौं रुपैयाँको घाटा बेहोनुपर्छ,’ ढकाल भन्छन्, ‘यो त लामो समयसम्म बन्द गर्नुपर्ने अवस्था आएको छ।’

उनी पनि अहिले मानिसलाई बचाउनुने ठूलो विषय भएको बताउँछन्। ‘व्यवसायहरु मानिसले आफैले फेरी निर्माण गर्न सक्छन्। केही समय समस्या होला, तर समाधान पनि गर्न सकिन्छ। मानिसको स्वास्थ्य प्रमुख हो। त्यसैले जे भएपनि सहनुपर्ने अवस्था आएको छ,’ उनी भन्छन्।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि ल्याएको नीति सकरात्मकनै भएको बताउँछन्। ‘कोरोनाको प्रभावबाट ठूलो संख्यामा मानव क्षति भईरहेको छ। सरकारले सतर्कताका लागि गरेको कामलाई सकारात्मक रुपमा लिएको छु,’ मल्ल भन्छन्।  

उनले लकडाउनले गर्दा नेपालीले सिक्ने मौका समेत पाएको बताए। ‘हरेक कुरा आयातमा मात्र निर्भर बन्नु पर्दाको पीडा हामी सबैले अहिले भोगिरहेका छौं,’ मल्लले भने, ‘यसलाई सुधार्ने मौका पनि लकडाउनले मिलेको छ।’

उनी अब सरकारले कृषि क्षेत्र र औषधि व्यवस्थापनमा जोड दिनुपर्ने बताउँछन्। छिमेकी देश भारतले आयातमा रोक लगाईदियो भने ठूलो संकटसँग जुध्नुपर्ने देखिएको बताउँदै उनी भन्छन्,  ‘नेपालमा औषधि उत्पादन र कृषि क्षेत्रको उत्पादन बढाउनुपर्ने कुरालाई अब सरकारले गम्भीरताको साथ अगाडि बढाउनुपर्छ।’

'कोरोना शून्य भएपछि मात्र लकडाउन खुल्छ। पुनः काममा जान सकिन्छ। तर, सरकारले आपतकालिन समयमा चाहिने साम्रगीको तयारी गरिराख्नुपर्छ,' उनले भने।

यसाबट व्यवसायमा आर्थिक संकट आउने भएपनि त्यसलाई सुधार गर्न सकिने उनले बताए। अहिले नागरिकलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने तर्फ बढि ध्यान दिनुपर्ने उनको भनाइ छ।

'आर्थिक नोक्सानीलाई सुधार गर्न सकिने भएकाले सरकारले आगामी दिनमा व्यापार व्यवसायीहरुको हकहितको लागि कोरोनाको प्रभावलाई मध्यनजर गर्दै छुट्टै नीति नियम बनाएर अगाडि बढ्नुपर्छ’, उनले भने।

उनी लकडाउनको समय अवधि बढाउनु आवश्यक रहेको बताउँछन्।  ‘आर्थिक पक्षभन्दा पनि मानिसको स्वास्थ्य बढि प्राथामिक चिज हो। नयाँ संक्रमण देखिनु वितिक्कै १४ दिनसम्म पर्खिनुपर्ने हुन्छ। अन्य देशले भोगिरहेको भयानक स्थिति भोलि नेपालले भोग्न नपरोस्, यसका लागि आज सर्तक रहनु आवश्यक छ,’ उनले भने।

प्रकाशित मिति: ०९:३२ बजे, शनिबार, चैत २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्