Kathmandu Press

मुख्यमन्त्रीहरुको विरोधपछि सरकारले आफ्नै निर्णय उल्टायो, काठमाडौं बाहिर जान नदिइने

काठमाडौं, चैत २७ : प्रदेशका मुख्यमन्त्रीहरुको विरोधपछि लडकाउनका कारण काठमाडौंमा रोकिएकाहरू

मुख्यमन्त्रीहरुको विरोधपछि सरकारले आफ्नै निर्णय उल्टायो, काठमाडौं बाहिर जान नदिइने
रिवाज राई

काठमाडौं, चैत २७ : प्रदेशका मुख्यमन्त्रीहरुको विरोधपछि लडकाउनका कारण काठमाडौंमा रोकिएकाहरूलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ।  

बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रक्षा मन्त्रालयमा बसेको बैठकले लडकाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो। निर्णय बाहिर आउनका साथ प्रदेशका मुख्यमन्त्रीहरुले उक्त निर्णयप्रति असन्तुष्टि जनाए। 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उक्त निर्णयप्रति आपत्ति जनाएका थिए। उनले फेसबुकमै लेखिका छन्,‘काठमाडौंबाट बाहिर जान दिने र बाहिरवाट काठमाडौं जान नदिनेकुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउननै हो। बरु वेखर्चीलाई राहत देउ।’

अन्य प्रदेशका मुख्यमन्त्रीहरुले पनि दुई दिन काठमाडौंबाट बाहिर जान चाहनेलाई जान दिने निर्णय राम्रो नभएको भन्दै विरोध जनाएका थिए।  मुख्यमन्त्री तथा सरोकारवालाहरुको विरोधपछि सरकार दुई घण्टापछि नै उक्त निर्णयबाट पछि हट्दै काठमाडौं उपत्यका बाहिर जान नदिने स्पष्ट पारेको छ। 

मुख्यमन्त्रीहरुको विरोेध र गृह मन्त्रालयले भोलि र पर्सि उपत्यका बाहिर पठाउन सम्भव नभएको बताएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। 

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, चैत २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्