Kathmandu Press

काठमाडौंमा रोकिएकालाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय

(सरकारले यो निर्णय फिर्ता लिएर काठमाडौं बाहिर जान नदिने फेरि निर्णय गरेको छ)

काठमा

काठमाडौंमा रोकिएकालाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय
रिवाज राई

(सरकारले यो निर्णय फिर्ता लिएर काठमाडौं बाहिर जान नदिने फेरि निर्णय गरेको छ)

काठमाडौं, चैत २७ : सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने भएको छ। 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा  रक्षा मन्त्रालयमा बिहीबार बसेको बैठकले लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो। 

तर, काठमाडौं उपत्यकाभित्र भने प्रवेशमा रोक लगाइएको छ। उपत्यका बाहिरिन चाहनेहरुलाई स्थानीय तहसँगको समन्वयमा घर पठाइने छ। 

लकडाउनका कारण विशेष कामले काठमाडौं आएका धेरै १७ दिनदेखि रोकिएका छन्। काठमाडौंमै रोकिएका केही मानिसहरु हिडेरै लामो दूरीसम्म जाने क्रम पछिल्लाा केही दिन यता बढेको छ।
 

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, चैत २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्