Kathmandu Press

विदेशबाट आएकालाई परीक्षण नगरे सुदूरपश्चिम कोरोनाको इपिसेन्टर बन्ने खतरामा

काठमाडौं, चैत २६ : विदेश र त्यसमा पनि भारतबाट आउनेको संख्या बढि भएकाले तत्काल उनीहरु पत्ता लगाए

विदेशबाट आएकालाई परीक्षण नगरे सुदूरपश्चिम कोरोनाको इपिसेन्टर बन्ने खतरामा

काठमाडौं, चैत २६ : विदेश र त्यसमा पनि भारतबाट आउनेको संख्या बढि भएकाले तत्काल उनीहरु पत्ता लगाएर परिक्षण गर्ने र क्वारेन्टाइनमा नराख्ने हो भने सुदूरपश्चिम कोरोना भाइरसको उच्च जोखिममा हुने विज्ञहरुले बताएका छन्।

सुरुआतमा पहिलो चरण अर्थात विदेशबाट आएका व्यक्तिहरुमा मात्र देखिएको कोरोना सुदूरपश्चिममा भने दोस्रो चरणमा स्थानीयमा पनि संक्रमण भएको छ । तत्काल नियन्त्रणका लागि धेरैको कोरोना परिक्षण नगर्ने हो भने सुदूरपश्चिम कोरोनाको इपिसेन्टर बन्न सक्ने विज्ञहरुको चिन्ता छ।

भारतमा कोरोनाको त्रास फैलिएपछि त्यहाँ रहेका नेपाली मजदूर फर्किने क्रम बढेको छ। लकडाउन हुनुअघि मात्रै सुदूरपश्चिममा भारतबाट एक लाख ४७ हजार नागरिक फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको तथ्यांक छ।

Hardik ivf

त्यसपछि पनि फर्किने क्रम रोकिएको छैन। सरकारले नेपाल आउन नदिएपछि दार्चुला र बैतडीमा एक हजारभन्दा बढी नागरिकलाई भारततर्फ क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै, कैलाली र कञ्चनपुरमा लुकिछिपी आउने क्रम रोकिएको छैन।

अहिलेसम्म कोरोनाको संक्रमण देखिएका नौ जनामा चार जना सुदूरपश्चिमका छन्। जसमा दुई जना भारतबाट आएका छन् भने एक जना स्थानीयमा पनि सरेको पाइएको छ।

त्यसैले पनि विज्ञ र चिकित्सकहरुले सुदूरपश्चिममा जोखिम रहेको भन्दै सचेत गराइरहेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले पनि कोरोनाको खतरा रहेको बताए। ‘कोरोना भाइरसको त्रासका कारण सुदूरपश्चिमबाट नेपाल भित्रनेहरुको संख्या बढेको छ,’ उनले भने।

भारतबाट आएका मानिसमा कोरोना देखिएकाले जोखिम बढेको उनको भनाइ छ। डा.अवस्थीले भने, ‘भारतबाट भित्रिने मानिसमा कुनै पनि लक्षण नदेखिई परीक्षण गर्दा कोरोना भेटिएको छ। जसले गर्दा अरुले पनि कोरोना भाइरस ल्याउन सक्ने भएका कारण अहिले सुदुरपश्चिम कोरोना भाइरसको इपिसेन्टर बन्नसक्ने खतरा बढेको छ ।’

अहिले सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा कोरोना भाइरसको सतर्कता स्वरुप धेरै सावधानी अपनाइएको भएपनि पर्याप्त मात्रामा उपकरण र स्वास्थ्यकर्मीहरु नभएको उनले बताए । डा. अवस्थीले भने, ‘उपकरण र स्वास्थ्यकर्मीहरुको अभावका कारण सुदुरपश्चिममा कोरोना भाइरसको खतरा अझ बढेको छ।’

मन्त्रिपरिषद्ले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) गर्ने निर्णय गरेको थियो। तर, तीन दिन बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार, बुधबारसम्म दुई जनाको मात्रै परीक्षण भएको छ। उपकरण र स्वास्थ्यकर्मीको अभावले प्रयाप्त परीक्षण गर्न नसकिएको डा.अवस्थीले बताए। ‘प्रयास गरिरहेका छौं, सरकारको निर्देशनअनुसार, काम गरिरहेका छौं,’ डा.अवस्थीले भने।

सुदूरपश्चिमका प्रत्येक स्थानीय तहमा क्वारेन्टाइन बनाइएको छ। त्यस्तै, सीमा क्षेत्रमा पनि कडाइ गरिएको छ। लकडाउनको प्रभावकारी कार्यान्वयन भइरहेको छ। तर, उपचारको व्यवस्था भने राम्रो छैन। धनगढीस्थित सेती प्रादेशकि अस्पतालबाहेक अन्यत्र भेन्टिलेटर छैन र आईसीयूको व्यवस्था छैन। त्यस्तैले क्वारेन्टाइन र लकडाउनले मात्रै नपुग्ने विज्ञहरुको भनाइ छ।

सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर बन्नबाट जोगाउन ब्यापक परीक्षण गर्नुपर्ने जनाएको छ। त्यस्तै, संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्नुपर्ने, भारतबाट आएका व्यक्तिहरुलाई पनि परीक्षण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।

प्रकाशित मिति: १४:५८ बजे, बुधबार, चैत २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्