वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
काठमाडौं, चैत २५ : सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप लम्ब्याउने निर्णय ग

काठमाडौं, चैत २५ : सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप लम्ब्याउने निर्णय गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमा वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।
यसअघि सरकारले वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो। कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि भन्दै यसअघि सरकारले सुरुमा चैत ९ देखि चैत १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो।
तर, पछि त्यसलाई थप गर्दै वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
यस्तै, अन्तरिक उडानका विषयमा भने निर्णय भइनसकेको विडारीले जानकारी दिए। 'आन्तरिक उडानका विषयमा छलफल भएपनि अहिले नै निर्णय गरिएको छैन। यसबारेमा पछि निर्णय लिनेछाैंँ,'उनले भने।











