कोरोना भाइरसबाट कसरी मुक्त भयो तुर्कमेनिस्तान ?
काठमाडौं, चैत २५ : कोरोना भाइरसको संक्रमणको चपेटामा विश्वको २११ देश छन्। तर केही देश यस्त

काठमाडौं, चैत २५ : कोरोना भाइरसको संक्रमणको चपेटामा विश्वको २११ देश छन्। तर केही देश यस्ता पनि छन्, जहाँ अहिलेसम्म कोेरोना संक्रमणका एउटा पनि घटना देखिएका छैनन्। यीनै देश मध्येको एउटा हो तुर्कमेनिस्तान।
विशेषज्ञहरुले त्यहाँको सरकारले सत्य लुकाएको र त्यसले महामारीबाट मुक्त हुने प्रयासमा झट्का लाग्न सक्ने आशंका गरेका छन्। अहिले दुनियाँभरका अधिकांश देश कोरोनासँग जुधिरहेका छन् र संक्रमण फैलन नदिन पूर्णरुपमा लकडाउन गरेका छन्।
तुर्कमेनिस्तानमा मंगलबार विश्व स्वास्थ्य दिवसको अवसरमा साइकल र्यालीको आयोजना गरिएको छ। यो देशको दावी छ की, यहाँ अहिलेसम्म कोरोना देखिएको छैन। तर, के सेन्सरसिपका लागि चर्चित सरकारले दिएको तथ्यांकमा भरोसा गर्न सकिन्छ? तुर्कमेन हेल्थकेयर सिस्टमको अध्ययन गर्ने लन्डन स्कुल अफ आइजिन एन्ड ट्रिपिकल मेडिसिनका प्रोफेसर मार्टिन मेक्कीले भनेका छन्, ‘तुर्केमेनिस्तानले आधिकारिकरुपमा स्वास्थ्यका जुन तथ्यांक जारी गरेको छ।त्यसमा विकल्कुलै भरोसा गर्न सकिँदैन।’
उनले भनेका छन्, ‘वितेको दशकमा तुर्कमेनिस्तानले दावी गरेको थियो की त्यहाँ एक जना पनि एचआइभी एडस संक्रमति छैनन्। तर, त्यो भरोसा योग्य विवरण थिएन। हामीलाई यो पनि थाहा छ की सन् २००० को दशकमा उनीहरुले लगातार धेरै रोगका बारेमा जानकारी लुकाएका छन्।’ तुर्कमेनिस्तान मा धेरै मानिस कोरोनासँग डराउँछन्, र पहिले नै संक्रमित भएको हुन पनि सक्छन्।
कोरोनासँग जुध्ने एक्सन प्लान के छ?
राजधानी अश्गाबाटमा बस्ने एक मानिसले नाम नखुलाउने सर्तमा भनेका छन्, ‘मेरो चिनजानका एक मानिस सरकारी एजेन्सीमा काम गर्छन्, उनले भनेका छन् की मलाई यसबारेमा नबोल्न भनिएको छ। यहाँ भाइरस फैलिएको छ वा यसका बारेमा मैले सुनेको छु। होइन भने म समस्यामा पर्न सक्छु।’
यद्यपी तुर्कमेन प्रशासन लगातार रोगको संक्रमणबाट बच्ने कोशिस र संक्रमित मानिसको खोजीमा जुटेको छ। देशमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरुले मिलेर यसबाट बच्ने एक्सन प्लानमासमेत चर्चा गरिरहेका छन्। संयुक्त राष्ट्रसंघका रेसिडेन्ट को–अर्डिनेटर एलेना पनोवाले बीबीसीलाई बताएकी छन्–यो प्लानमा देशभरका को–अर्डिनेसन, रिस्क कम्युनिकेसन, ल्याब टेस्टिङ र दास्रो उपायका बारेमा समेत चर्चा गरिएको छ।
संयुक्त राष्ट्र संघ तुर्कमेनिस्तानको त्यो दावीसँग सहमत छ, जहाँ भनिएको छ–अहिलेसम्म त्यहाँ कोरोना संक्रमित भेटिएका छैनन्। पनोवाले भनेकी छन्– ‘हामी आधिकारिक जानकारीमा भरोसा गरिरहेका छौं।’ सुरुवात मै तुर्कमेनिस्तानमा यात्रामा प्रतिबन्ध लगाइएका कारण संक्रमण नदेखिएको पनोवाको भनाइ छ। तुर्कमेनिस्तानमा करिब एक महिना अघि नै सबै सिमा बन्द गरिएको थियो। यसका साथै फेब्रुअरीमा चीन र अन्य केही देशसँग हवाई सम्पर्क समेत बिच्छेद गरिएको थियो। साथै अन्तर्राष्ट्रिय उडानलाई राजधानीबाट तुर्कमेनाबादका लागि डाइभर्ट गरिएको थियो।, त्यहाँ एक क्वारेन्टाइन जोन बनाइएको थियो। यद्यपी स्थानीयले केही मानिस दुई हप्ता आइसोलेसन बस्न बनाइएको टेन्टमा बस्नुको साटो घुस दिएर क्वारेन्टाइनबाट बाहिर आएको बताउँछन्।
पनोवा भन्छिन्–देशमा आउने हरेक मानिस र जसमा कोरोनाको लक्षण देखिएको छ, उनीहरुको परीक्षण गरिएको छ। यद्यपी अहिलेसम्म कति मानिसको परीक्षण गरिएको छ र तुर्कमेनिस्तानसँग कति टेस्ट किट छन्, त्यसको यकिन तथ्यांक भने सार्वजनिक भएको छैन। उनले भनेकी छन्, ‘सरकारी अधिकारीहरुले पर्याप्त परीक्षण गरिएको बताएका छन्।’
हेल्थ केयर सिस्टमको अवस्था कस्तो छ?
‘हामीलाई थाहा छैन। उनीहरुले विभिन्न चरणमा तयारी गरेको बताएका छन्। हामीलाई भरोसा दिलाइएको छ। किनकी यहाँका अस्पतालामा राम्रो सुविधा छ,’ यो प्रश्नमा पनावो भन्छिन्, ‘यद्यपी यहाँ संक्रमण फैलियो भने हेल्थ सिस्टममा निकै दबाब पर्छ। जसरी अन्य देशमा परिरहेको छ। त्यसैले जति तयारी गरेपनि, त्यो कम नै हुने छ। त्यसैले हामीले पहिले नै उनीहरुलाई भनेका छौं, भेन्टिलेटर र अन्य उपकरण जुटाउ।’
तुर्कमेनिस्तान कोरोना संक्रमणलाई लिएर निकै जागरुकता आएको छ। एक शहरकाट अर्को शहरमा जान रोक लागाइएको छ। साथै केही राजधानी अश्गाबाट आयो भने उसँग डाक्टरको रिपोर्ट हुन आवश्यक छ। हर्ब रेमेडीमा प्रयोग हुने एक किसिमको घास युन्जार्लिक जलाउँदा निस्कने धुँवा बजारमा किटनाशकको रुपमा छोडिएको छ। राष्ट्रपति गुरबांगुली बेरदीमुहामेदोवले भनेका छन् की–यो घाँसले भाइरस मर्छ। यद्यपी यसको प्रमाणित भएको छैन।
-बीबीसीबाट











