Kathmandu Press

कोरोना रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ: प्रधानमन्त्री

काठमाडौं, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरस

कोरोना रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ: प्रधानमन्त्री

काठमाडौं, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका छन्।

प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन्। उनले चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

सम्बोधनकै क्रममा उनले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको बताउँदै उनले विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन आग्रह गरे ।

एक जना मानिसको लापरबाहीले परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पुर्याउने बताउँदै उनले यसमा सबै एकजुट हुनुपर्ने बताए। साथै, आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने भन्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र नभएर समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताए।

प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, चैत २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्