Kathmandu Press

अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध वैशाख ३ गतेसम्म लम्बियो

काठमाडौं, चैत १६ : सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप लम्बिएको छ।  

अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध वैशाख ३ गतेसम्म लम्बियो

काठमाडौं, चैत १६ : सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप लम्बिएको छ।  

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आइतबार दिउँसो बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमा वैशाख ३ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको हो। समितिले गरेको निर्णयलाई आइतबारै बस्ने मन्त्रिपरिषद बैठकमा पेश गरिनेछ।

यसअघि सरकारले चैत ९ देखि चैत १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो। विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सरकारले अन्तर्राष्ट्रियसँगै आन्तरिक उडानमा पनि प्रतिबन्ध लगाएको थियो।

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्